काराबाओ कप: ब्रेन्टफोर्डलाई २-० ले पराजित गर्दै टोटनह्याम फाइनलमा…

टोटनह्याम काराबाओ कप  फुटबलको फाइनलमा पुगेको छ । गएराति सम्पन्न खेलमा ब्रेन्टफोर्डलाई २-० ले पराजित गर्दै टोटनह्याम उपाधि नजिक पुगेको हो । टोटेनहमको जितमा मोउसा सिस्सोको सन हेङ्ग–मिनले गोल गरे । सन् २००८ मा चेल्सीलाई पराजित गरेर टोटनह्यामले लिग कपको उपाधि जितेको थियो । त्यसयता उसले उपाधि जित्न सकेको छैन ।

टोटेनहमले उपाधिका लागि म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीबीचको विजेतासँग खेल्नेछ । यि दुई टोलीबीच आज बुधबार राति हुनेछ । फाइनल खेल भने अप्रिल २५ मा हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE