काेराेना महामारीका कारण अहिलेसम्म विदेशबाट कति नेपाली फर्किए? (सूचीसहित)

काेराेना महामारीका कारण सिर्जित समस्याका कारण अहिलेसम्म विदेशबाट झन्डै ७७ हजार नेपाली स्वदेश फर्किएका छन्।

कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) का अनुसार बिहीबारसम्म जहाजमार्फत ३२ मुलुकबाट गरी ७६ हजार ९ सय ६७  नागरिक आफ्नो मुलुक फर्केका हुन्।

तीमध्ये सबैभन्दा बढी संयुक्त अरब इमिरेट्सबाट २२ हजार २ सय १४ छन् भने सबभन्दा कम श्रीलङ्काबाट ५ जना छन्। उनीहरु धेरैजसाे रोजगारीका विदेश गएका व्यक्ति हुन्।

केन्द्रका अनुसार हालसम्म कतारबाट १० हजार ३०६, कुवेतबाट ८ हजार ३३५, मलेसियाबाट ११ हजार ३५२, साउदी अरेबियाबाट ११ हजार ८१९, दक्षिण कोरियाबाट १ हजार ४४७, बहराइनबाट १ हजार २७४, ओमनबाट १ हजार १५०, अस्ट्रेलियाबाट १ हजार ९१ र टर्कीबाट ९३६ नेपाली स्वदेश फर्किएका छन्।

स्वदेश फर्कनेमा प्रदेश नं १ का १४ हजार ५४६,  प्रदेश नं २ का ११ हजार ९०९,  वाग्मती प्रदेशका १८ हजार २४७, गण्डकी प्रदेशका ८ हजार ९७३,  प्रदेश नं ५ का ११ हजार ४५०, कर्णाली प्रदेशका १ हजार ५१८ र सुदुरपश्चिम प्रदेशका १ हजार ७३७ रहेको केन्द्रले जनाएको छ।

फर्कनेमध्ये ८ हजार ४ सय ९७ जनाको भने प्रदेश विवरण प्राप्त नभएको जनाइएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE