किरण चेम्जोङ एसियाकै साताको उत्कृष्ट खेलाडी

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ एसियाकै साताको उत्कृष्ट खेलाडी बनेका छन् । एसियन फूटबल कन्फेडेरेसन ९एएफसी०ले भोटिङका आधारमा चेम्जोङलाई साताको उत्कृष्ट खेलाडी छनोट गरेको हो ।

नेपाली टीमका गोलरक्षक किरणले ५५.६९ प्रतिशत मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका साउदी अरेबियाका सलेह अल–सेहेरीले २०.७२ प्रतिशत मत पाए । इराकका अल अली हवई तेस्रो हुँदै १०.१६ प्रतिशत मत पाए ।

एन्फाको आयोजनामा हालै सम्पन्न थ्री नेसन्स कप फूटबल प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा एएफसीले चेम्जोङलाई प्लेयर अफ दी विकको मनोनयनमा राखेको थियो । जसमा तीन खेल खेल्दा किरणले दुई क्लिनसिट राखे भने एक गोल मात्र व्यहोरे ।

 

WRITE COMMENTS FOR THIS ARTICLE