कुलमान घिसिङ नै विद्युत प्राधिकरणको कार्यकारी निर्देशक यथावत

सरकारले कुलमान घिसिङलाई नै विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाएको छ। आफ्नो चार बर्षे कार्यकाल सकाएका घिसिङलाई नै सरकारले अर्को चार बर्षका लागि पनि कार्यकारी निर्देशक बनाएको हो। मंगलवार बसेको मन्त्रीपरिषदको वैठकले घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको हो।

घिसिङलाई कार्यकारी निर्देशक बनाउन देशव्यापी दवाव सिर्जना भएको थियो। नागरिकस्तरबाट उनलाई पुन नियुक्तीको दवाव परेको थियो । नागरिकस्तरको यहि दवावलाई मध्यनजर गर्दै उर्जामन्त्री बर्षमान पुनको प्रस्तावमा मन्त्रीपरिषदको वैठकले घिसिङलाई कार्यकारी निर्देशक बनाएको हो।

घिसिङकै नेतृत्वमा नेपाल विद्युत प्राधिकरण ११ अर्ब नाफामा आएको छ । ३५ औं वार्षिककोत्सवका अवसरमा सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार, प्राधिकरणले गत आर्थिक वर्ष २०७६/७७मा ११ अर्ब ६ करोड रुपैयाँ नाफा कमाउन सफल भएको हो ।

प्राधिकरण अव संचित नाफामा पनि गएको छ । प्राधिकरणले गत आवमा ४ अर्ब ८७ करोड रुपैयाँ संचित नाफा कमाएको हो । सरकारले आव २०६७/०६८ सम्मको संचित घाटा करिब २७ अर्व रुपैयाँ अपलेखन गरिदिएपछि घाटामा गइरहेको थियो । आव २०७२/७३ मा ३४ अर्ब ६१ करोड रहेको संचित घाटालाई त्यसपछिका आवहरुमा निरन्तर घटाएर गत आवबाट मुनाफा कमाउन सफल भएको हो ।

आव २०७२र७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका आवहरुमा निरन्तर नाफामा छ । प्राधिकरणले आव २०७३र०७४ मा एक अर्व ४७ करोड, आव २०७४/०७५मा २ अर्व ८५ करोड, आव २०७५/०७६ मा ९ अर्व ८१ करोड मुनाफा कमाएको थियो । प्राधिकरण अब संचित मुनाफामा पनि गएको उल्लेख गर्दै कार्यकारी निर्देशक कुलमान घिसिङले दुई वर्षदेखि प्राधिकरण सबैभन्दा बढी नाफा कमाउने सार्वजनिक संस्थान बन्दै आएको बताएका ।

WRITE COMMENTS FOR THIS ARTICLE