कोपा अमेरिका: लगातार दोस्रो जित हात पार्दै अर्जेन्टिना क्वाटरफाइनलमा

कोपा अमेरिका फुटबल अन्तर्गत अर्जेन्टिनाले लगातार दोस्रो जित हात पारेको छ । जितसँगै अर्जेन्टिनाले क्वाटरफाइनलमा पनि स्थान बनाएको छ । समूह ए अन्तर्गत आज बिहान भएको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १(० ले पराजित गरेको हो ।

अर्जेनिटनाका लागि अलेजान्द्रो गोमेजले खेलको १०औँ मिनेटमा गोल गरेका थिए । अर्जेन्टिना ३ खेलबाट ७ अंक जोड्दै शीर्ष स्थानमा छ भने समूहमा ५ मध्ये शीर्ष चार टिम क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । अब अर्जेनटिनाले समूह चरणमा बोलिभियासँग खेल्नेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE