कोपा इटालिया: इन्टर मिलानलाई हराउँदै युभेन्टस कोपा इटालियाको फाइनलमा…

युभेन्टस लगातार दोस्रो पटक कोपा इटालियाको फाइनल प्रवेश गरेको छ । सेमिफाइनलमा इन्टर मिलानलाई पन्छाउँदै युभेन्टस फाइनल पुगेको हो । गएराति इन्टर मिलानसँग दोस्रो लेग गोलरहित बराबरी खेलेपछि समग्रमा २–१ को जितसहित युभेन्टस लगातार दोस्रो पटक फाइनलमा पुगेको हो । पहिलो लेगमा युभेन्टसले मिलानको होममा २–१ को जित निकालेको थियो ।

तर, घरेलु मैदानमा युभेन्टसले दोस्रो लेगको खेलको अन्त्यतिर निकै नै दवावमा पर्यो । मिलानका रोमेलु लुकाकु र अचरिफ हाकिमीले दुई सुवर्ण अवसर गुमाए । त्यसपछि युभेन्टसले मे १९ मा हुने फाइनलमा स्थान पक्का गर्यो ।

युभेन्टसले अब उपाधिका लागि एटलान्टा र गत संस्करणको विजेता नापोलीबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । आज राति दास्रो लेगमा खेल्न लागेका उनीहरुबीचको पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE