कोपा इटालिया: जितसँगै युभेन्ट्स सेमिफाइनलमा…

इटालियन सिरी ‘ए’ च्याम्पियन युभेन्ट्स कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा युभेन्ट्सले स्पाललाई ४–० ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सलाई जित दिलाउन आल्भारो मोराटा, फोर्बाटा, डिजान कुलुसेभास्की र फेडेरिको चेइसाले एक/एक गोल गरे ।

खेलको १६औँ मिनेटमा मोराटाले गोल गर्दै टिमलाई अग्रता दिलाए । ३३औँ मिनेटमा फोर्बाटाले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे । ७८औँ मिनेटमा डेजानले गोल गर्दै टिमलाई ३–० को अग्रता दिलाए । खेलको इन्ज्युरी समयमा फेडेरिकोले गोल गर्दै टिमलाई ४–० को जित दिलाए ।

WRITE COMMENTS FOR THIS ARTICLE