कोपा इटालिया: नापोलीलाई पराजित गर्दै एटलान्टा फाइनलमा ,उपाधिका लागि युभेन्ट्ससँग प्रतिस्पर्धा गर्ने…

कोपा इटालिया  अन्तर्गत एटलान्टा फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा नापोलीलाई ३–१ ले पराजित गर्दै एटलान्टा उपाधिनजिक पुगेको हो ।

पहिलो लेगमा एटलान्टा र नापोलीले गोलरहित बराबरी खेलेका थिए । दोस्रो लेगमा एटलान्टालाई जित दिलाउन माटियो पेसिनाले दुई र डुभान जापटाले एक गोल गरे । नापोलीका हिर्भिङ लोजानाले एक गोल फर्काए । अब उपाधिका लागि एटलान्टाले युभेन्ट्ससँग प्रतिस्पर्धा गर्नेछ । एटलान्टा र युभेन्ट्सबीचको फाइनल खेल १९ मेमा हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE