कोपा डेल रे: एल्कोयानोलाई २-१ गोलले पराजित गर्दै एथ्लेटिक बिल्बाओ क्वाटरफाइनलमा…

एथ्लेटिक बिल्बाओ स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम आठमा पुगेको छ । बिहीबार राति एल्कोयानोलाई २-१ गोल अन्तरले पराजित गर्दै बिल्बाओले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो । एल्कोयानोको मैदानमा एक गोलले पछि परे पनि बिल्बाओले उत्कृष्ट पुनरागमन गरेको थियो ।

खेलको ३९औँ मिनेटमा पाब्लो कार्वोनेलको गोलबाट एल्कोयानोले सुरुवाती अग्रता बनाएको थियो । ५३औँ मिनेटमा एसिएर भिल्लालिब्रेले गोल गर्दै बिल्बाओलाई १-१ गोलको बराबरीमा फर्काए । ७८औँ मिनेटमा इनाकी विलियम्सले गरेको गोल निर्णायक बन्यो र अन्ततः बिल्बाओले खेल २-१ को जित्यो ।

WRITE COMMENTS FOR THIS ARTICLE