कोपा डेल रे: ग्रेनेडामाथि नाटकीय जित हात पार्दै सेमिफाइनलमा बार्सिलोना…

बार्सिलोनाले नाटकीय जित हात पार्दै बुधबार कोपा डेल रे को सेमिफाइनल यात्रा तय गरेको छ । अतिरिक्त समयमा एन्टोन ग्रिजमन, फ्रेन्ड डे जङ र जोर्डी अल्बाले गोल गरेपछि बार्सिलोनाले ग्रेनेडालाई ५–३ ले हराएको हो । खेलको ८८ औं मिनेटसम्म बार्सिलोना २–० ले पछाडि रहेको थियो । रोनाल्ड कोम्यानको बार्सिलोनासँगै सेभिया र लेभान्टेले प्रतियोगिताको सेमिफाइनल यात्रा तय गरिसकेका छन् ।

अब सेमिफाइनल खेल्ने अन्तिम टिमको निर्णय रियल बेटिस र एथलेटिको बिलबाओबीचको खेलले गर्नेछ । सन् २०१४ देखि २०१९ बीच बार्सिलोनाले लगातार छ पल्ट सेमिफाइनल यात्रा तय गरेको छ । गत सिजन भने बार्सिलोना क्वार्टरफाइनलमै पराजित भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE