कोपा डेल रे: फाइनलमा बार्सिलोना र एथलेटिक बिलबाओ भिड्दै…

कोपा डेल रे फुटबल अन्तर्गत एथलेटिक बिलबाओले लेभान्टेलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । दुई खेलमा हुने उपाधिको भिडन्तमा बिलबाओले बार्सिलोनाको सामना गर्नेछ । बिहीबार भएको सेमिफाइनलको दोस्रो लेगमा बिलबाओ २–१ ले विजयी रह्यो । पहिलो लेग १–१ को बराबरी रहेको स्थितिमा बिलबाओ समग्रमा ३–२ ले अगाडि रहन सफल रह्यो ।

अहिलेको जितमा बिलबाओका लागि राउल गार्सिया र एलेक्स बेरेनगुएरले गोल गरे । लेभान्टेका तर्फबाट भने रोगर मराटीले गोल गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE