कोपा डेल रे: सेमीफाइनलको पहिलो लेगमा सेभियासँग २-० ले बार्सीलोना पराजित…

कोपा डेल रे फुटबल अन्तर्गत सेमिफाइनलमा स्पेनिस महारथी बार्सिलोना सेभियासँग २० ले पराजित भएको छ । गएराति सेभिल्लाको होमग्राउण्डमा भएको खेलमा बार्सिलोना पराजित भएको हो । सेभियाको जितका लागि खेलको २५औँ मिनेटमा जुलेस कोण्डे र ८५औँ मिनेटमा इभान राकिटिकले गोल गरे । यसअघि, बार्साले राकिटिकलाई गत अगष्टमा सस्तो मूल्यमा सेभियालाई बेचेको थियो ।

अब दोस्रो लेग बार्साको मैदान क्याम्प नोउमा हुनेछ । जसमा जितका लागि बार्सालाई तीन गोल गर्दै सेभियालाई रोक्नुपर्ने बाध्यता छ । कोपा डेल रेको दोस्रो सेमिफाइनलमा एथ्लेटिक बिल्बाओ र लेभान्टे भिड्दैछन् । पहिलो लेग आज राति बिल्बाओको घरेलु मैदान सान मामेज रंगशालामा हुँदैछ ।

WRITE COMMENTS FOR THIS ARTICLE