कोरोनाका कारण साफ फुटबल २०७८ कात्तिक २८ बाट हुने…

दक्षिण एसियाली फुटबल महासंघ (साफ)को कार्यकारी समितिको बैठकले कोरोनाका कारण अर्को वर्ष सारिएको साफ फुटबलको मिति तय गरेको छ । अर्को वर्ष हुने साफ च्याम्पियनसिप फुटबलको मिति तय भएको हो ।

बंगलादेशमा हुने प्रतियोगिता २०७८ साल कात्तिक २८ गतेदेखि मंसिर ११ सम्म हुने तय भएको छ । पूर्वतालिकाअनुसार साफ यसैवर्ष हुनुपर्ने थियो । तर कोरोनाका कारण अर्को वर्ष प्रतियोगिता सारिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE