कोरोनाले रोकिएको फिफा क्लब विश्वकप आगमी फेब्रुअरीमा कतारमा हुने…

कोरोना कहरले रोकिएको फिफा क्लब विश्वकप आगमी फेब्रुअरीमा हुने भएको छ । फिफाले निकालेको नयाँ तालिका अनुसार फिफा क्लब विश्वकप सन् २०२१ को फेब्रुअरी १ देखि ११ सम्म कतारमा आयोजना हुनेछ । प्रतियोगिताको खेलहरु सन् २०२२ मा आयोजना कतार विश्वकपको खेल हुने तीन रंगशालामा हुनेछ । जसमा अहमद बिन अली, खलिफा ईन्टरनेश्नल र एजुकेशन सिटी स्टेडियम रहेका छन् । फिफा क्लब विश्वकपमा ६ महादेशका टिमलाई समावेश गरिनेछ ।

प्रतियोगिताको उद्घाटन खेल फेब्रुअरी १ मा अहमद बिन अली रंगशालामा हुनेछ । उद्घाटन खेलमा कतारी क्लब अल दुहैल र अक्ल्यान्ड सिटीबीच प्रतिस्पर्धा हुनेछ । समापन खेल फेब्रुअरी ११ मा एजुकेशन सिटी स्टेडियममा हुनेछ । प्रतियोगितामा युइएफए च्याम्पियन्स लिग विजेताको रुपमा जर्मन क्लब बायर्न म्युनिख, काफको च्याम्पियन्स लिगको विजेता इजिप्टको अल अहली, एएफसी च्याम्पियन्स लिग विजेता कोरियन क्लब उल्सान हुन्डाई रहेका छन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE