कोरोनाले रोकिएको बी डिभिजन लिगको खेल तालिका सार्वजनिक…

कोरोना महामारीका कारण गत वर्षको चैतमा रोकिएको शहिद स्मारक बी डिभिजन लिगको बाँकी खेलको तालिका सार्वजनिक भएको छ।अब नयाँ खेलतालिकाअनुसार फागुन ११ गते दुई खेल हुँदैछन्। पहिलो खेलमा मध्यपुर युथ एसोसिएसनले नयाँबस्ती युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, दोस्रो खेलमा पुल्चोक स्पोर्ट्स क्लबले खुमलटार युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ। दुवै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुनेछ।
त्यस्तै, फागुन १२ गते पनि दुई खेल हुँदै छन्। पहिलो खेलमा बाँसबारी क्लबले टुसाल क्लबसँग खेल्दा दोस्रो खेलमा श्री कुमारी क्लबले श्री भगवती क्लबसँग प्रतिस्पर्धा गर्नेछ। गत चैतमा लिग चलिरहेकै बेला कोरोनाको महामारी आएपछि लिग स्थगित भएको थियो।
खेल तालिका
https://drive.google.com/file/d/1OkpIfpoyr-35uTbUrsYsYUQDm6ZMb881/view
WRITE COMMENTS FOR THIS ARTICLE