कोरोना कहरको कारण दुई महिना पर धकेलियो नेपाल इन्टरनेसनल फिल्म फेस्टिबल…

नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को चौथो संस्करण तत्कालका लागि स्थगित भएको छ । फागुनमा हुने भनिएको निफ अहिलेलाई स्थगित गरिएको आयोजक नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानले जनाएको छ । फागुनको १२ देखि १६ (फेब्रुअरी २४ देखि २८,२०२१) सम्म काठमाडौंमा गर्ने गरेर केही अगाडि घोषणा गरिएको फेस्टिभल कोरोना महामारीका कारण निर्धारित मितिमा हुन नसक्ने आयोजकले जनाएको हो ।

फेस्टिभल अब २०७८ बैशाखको २३ देखि २७ सम्म काठमाडौंमा आयोजना हुने आयोजक संस्था नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानले एक विज्ञप्तिमार्फत जनाएको छ । आयोजकले पूर्व निर्धारित मितिमा फेस्टिभल गर्ने गरी विश्वभरका फिल्म मेकरबाट फेस्टिभलमा सहभागिताका लागि आवेदन पनि खुला गरेको थियो । २०२० को जुलाई १ देखि नोभेम्बर ३० सम्म तोकिएको समयावधिमा ५२ देशका ४ सय बढी फिल्मले सहभागगिताका लागि आवेदन दिएको आयोजक संस्थाका अध्यक्ष केपी पाठकद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । फिल्म मध्येबाट छानिएका फिल्मको सूची फागुन ८ (फ्रेब्रुअरी २०,२०२१ ) मा सार्वजनिक गरिने पनि विज्ञप्तिमा भनिएको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE