कोरोना कहरले रोकिएको प्रदेश लिग फुटबल माघ दोस्रो सातादेखि हुने…

कोरोना भाइरसको महामारीका कारण रोकिएको प्रदेश लिग फुटबल आगामी माघमा हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले बाँकी रहेका प्रदेश २, बागमती र सुदूरपश्चिमको प्रदेश लिग आगामी माघमा गर्ने भएको हो।

लिग कमिटी र संघका प्रदेश पदाधिकारीबीच भएको बैठकले राष्ट्रिय लिगका लागि छनोटको आधार मानिएको प्रदेश लिग माघ दोस्रो सातादेखि सुरु गर्ने निर्णय गरेको एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए। कोरोना संकटअघि नै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको लिग सम्पन्न भइसकेका छन्। एन्फाले यसअघि ‘बी’ डिभिजन फागुन ११ र ‘सी’ डिभिजन लिग चैत १ गतेदेखि गर्ने निर्णय गरिसकेको छ। यसका लागि एन्फाले डब्ल्यूएचओले हेल्थ प्रोटोकलमाथि अन्तरक्रियासमेत गरेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE