कोरोना त्रास : चीनमा चार फीट परैबाट कपाल काटिरहेछन् हजाम

नमा कोरोनाभाइरसका कारण तीन हजारभन्दा बढी मानिसका मृत्यु भइसकेको अवस्थामा हजामहरू तीनदेखि चार फीट परबाट कपाल काटिरहेका छन् ।

हेनान प्रान्तको सैलुनमा हजामहरूले मानिसको कपाल तीन वा चार फीटको दूरीबाट काटिरहेका छन् । कपालको साजसज्जा पनि अलिक परैबाट गरिने गरेको छ ।
हजामहरूले लामो लट्ठीमा कैंची, काइँयो, बुरुस झुण्ड्याएर कपाल मिलाइरहेका छन् ।

सिचुआन प्रान्तको लुझोउमा पनि हजामहरूले यही तरिका उपयोग गरिरहेका छन् ।
लुझोउका हजाम हे बिङले क्वारेन्टाइन अब लगभग सकिएको र मानिसहरू घरबाहिर निस्कन थालेको बताए । तर सुरक्षाका लागि टाढाबाट कपाल काट्न थालिएको उनको भनाइ छ ।

तर यसमा मेहनत बढी परिरहेको छ । सानासाना कुरामा ध्यान दिनुपरेको छ । अनि हात पनि शक्तिशाली हुनुपर्छ र मात्र त्यति परबाट सामान समातेर कपाल काट्न सकिन्छ ।

चीन सरकारले सार्वजनिक स्थलहरूमा एकअर्कासँग लगभग पाँच फीटको दूरी बनाउनुपर्ने आदेश दिएको छ ।

एजेन्सी

https://twitter.com/FarhangNamdar/status/1234131554047348736

WRITE COMMENTS FOR THIS ARTICLE