कोरोना रोकथाम बिशेष कोषमा राप्रपाको ५ लाख सहयोग

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले कोभिड–१९ विशेष कोषमा पाँच लाख सहयोग उपलब्ध गराउने भएको छ ।

कोरोना भाइरसको प्रकोपलाई सामाना गर्न सरकारले गठन गरेको उक्त कोषमा पार्टीले सहयोग उपलब्ध गराउने निर्णय गरेको राप्रपाले विज्ञप्तिमार्फत जनाएको हो ।

सरकारले कोरोना रोकथामका लागि ५० करोडसहितको कोष स्थापना गरेको छ । यस कोषमा नेपाली कांग्रेसले ५० लाख प्रदान गर्ने निर्णय गरिसकेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE