कोरोना संक्रमितको संख्या ७७२, आजमात्रै ९० जनामा पुष्टि

नेपालमा एकैदिन ९० जनामा कोराना भाइरसको संक्रमण देखिएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ९० जनामा संक्रमण पुष्टि भएको बताए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुगेको छ।

राष्ट्रिय जनस्वास्थ्यको प्रयोगशालामा ३५ जनाको रिपोर्ट पोजिटिभ आएको छ भने भेरी अस्पतालमा १, रुपन्देहीको प्रादेशिक प्रयोगशालामा ७, सेती प्रयोगशालामा २, पोखराको प्रयोगशालामा २, सुर्खेत प्रदेशिक अस्पतालमा १२ , नेपालगन्जमा ७, दाङमा गरिएको परिक्षणमा २४ जनाको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता देवकोटाले जानकारी दिए।

प्रवक्ता देवकोटाले आजमात्रै ९० जनामा संक्रमण पुष्टि भएको र योसँगै नेपालमा कुल संक्रमितको संख्या ७७२ जानकारी दिए।

WRITE COMMENTS FOR THIS ARTICLE