क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण…

युवा क्रिकेटर सन्दीप लामिछानेमा कोरोना संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफूलाई कोरोना भएको पुष्टि गरेका हुन् । ‘मलाई आज कोभिड–१९ पोजेटिभ भएको थाहा भयो’, उनले शुक्रबार राति फेसबुकमा लेखेका छन्, ‘बुधबारदेखि शरीर दुखिरहेको थियो । तर अहिले हल्का सुधार भइरहेको छ ।’

सन्दीपले आफू ‘होम आइसोलेसन’मै रहेको र चाँडै मैदानमा उत्रने बताएका छन् । त्यस्तै उनले सबैको आफूलाई सबैको प्रार्थनाको खाँचो हुने बताएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीलाई बुधबारदेखि बन्द प्रशिक्षणमा बोलाएको थियो । उसले बन्द प्रशिक्षणमा राख्नु पहिले सबै खेलाडीको कोरोना परीक्षण गरेको थियो ।
जसमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी र रोहित पौडेललाई संक्रमण पुष्टि भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE