क्रिस मोरिस बने आईपीएल इतिहासमा सर्बाधिक महँगो खेलाडी…

क्रिस मोरिस आईपीएल इतिहासमा सर्बाधिक महँगो खेलाडी बनेका छन् । दक्षिण अफ्रिकाका अलराउण्डर मोरिसको न्यूनतम मूल्य ७५ लाख रहेको थियो । उनलाई लिलामीमा राजस्थान रोयल्सले मोरिसमाथि १६ करोड ७५ लाख खर्च गरेको हो । यो आईपीएल इतिहासकै सर्वाधिक ठूलो लिलामी मूल्य पनि हो ।

यसअघि सन् २०१५ मा युवराज सिंहलाई दिल्लीले १६ करोडमा लिएको थियो । उक्त रेकर्ड ६ बर्षपछि क्रिस मोरिसले तोडेका छन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE