क्लब विश्वकप: अल अहलीमाथि २–० को जित निकाल्दै फाइनलमा बायर्न म्युनिख…

क्लब विश्वकप फुटबलका सेमिफाइनल खेलमा जर्मन क्लब बायर्न म्युनिखले जित हात पारेको छ । गएराति भएको खेलमा इजिप्टको क्लब अल अहलीमाथि २–० को जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो ।

कतारको अल रायन रंगशालामा भएको खेलमाबायर्नका लागि दुवै गोल रोबर्ट लेवान्डोस्कीले गरेका हुन् । उनले खेलको १७औँ मिनेट र ८५औँ मिनेटमा गोल गरेका हुन् । वायर्न युरोपियन विजेताको रुपमा क्लब विश्वकप सहभागी भएको हो भने अल अहली अफ्रिकी विजेताको रुपमा सहभागी भएको हो । बार्यनले अब फाइनलमा मेक्सिकन क्लब तिग्रेससँग प्रतिस्पर्धा गर्ने छ । तिग्रेसले आइतबार भएको खेलमा ब्राजिलियन क्लब पाल्लमिरासलाई हराउँदै फाइनलमा पुगेको थियो ।

 

WRITE COMMENTS FOR THIS ARTICLE