खेल मैदानमा बेहोस् भएका ब्राजिलियन फुटबलर एलेक्सको निधन…

खेलको दौरान मैदानमै बेहोस् भएका एक फुटबलरको निधन भएको छ । पोर्चुगलको तेस्रो डिभिजन लिग अन्तर्गतको खेलका दौरान बेहोस भएका एलेक्स अपोलिनारियोको निधन भएको हो ।

२४ वर्षीय एलेक्स मैदानमा लडेपछि तत्काल अस्पताल भर्ना गरिएको थियो । उपचारका लागि अस्पताल लगेको चार दिनपछि निधनको घोषणा भएको हो । ब्राजिलियन खेलाडी एलेक्स अट्याकिङ मिडफिल्डरको रुपमा चिनिदै आएका थिए । एलेक्स युनिया अल्मिरिमविरुद्धको खेलका क्रममा मैदानमै बेहोस भएका थिए । अस्पतालले एलेक्सलाई कार्डिक अरेस्ट भएको बताएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE