‘गंगुवाई काठियावान्डी’को सुटिङमा व्यस्त आलिया…

कोरोनाको कहरका बीच पनि सञ्जय लीला भन्साली निर्देशित फिल्म ‘गंगुवाई काठियावान्डी’को छायांकन मुम्बईको फिल्म सिटीमा धमाधम चलिरहेको छ । चलचित्रमा मुख्य भूमिकामा रहेकी बलिउड अभिनेत्री आलिया भट्ट रातभरी नै सुटिङमा व्यस्त छिन् । फिल्मको सुटिङ जनवरीसम्म सक्ने लक्ष्य निर्माण पक्षले लिएको छ ।

कोरोना कहरका कारण कलाकार र प्राविधिकले धेरै समय दिन नपरोस् भन्नका लागि सेटमा विशेष तरिका अपनाइएको निर्माण पक्षले जानकारी दिएको छ । यसका लागि धेरैजसो दृश्यहरु रातको समयमा छायांकन भइरहेको छ ।

आलिया रातभरी सुटिङ सकेर बिहान घर जान्छिन् । दिनभरी आराम गरेर पुनः रातमा सुटिङकै लागि धाउनु आलियाको पछिल्लो दिनचर्या नै बनेको छ । फिल्म युनिटले कमाठिपुराको दुनियाँलाई रातको समयमा क्यामेरामा कैद गर्न चाहेको छ ।

छायांकनका क्रममा कोरोना पोजेटिभ देखिएपछि उनीहरु बिदामा छन् । फिल्ममा अजय देवगन पनि सानोतिनो भूमिकामा छन् । उनको दृश्य भने छायांकन सुरु नै भएको छैन ।

WRITE COMMENTS FOR THIS ARTICLE