गएको २०१९-२० सिजनमा बार्सिलोनालाई ९७ मिलियन युरो घाटा…

स्पेनिस क्लब बार्सिलोनाले गएको २०१९-२० सिजनको हिसाबकिताब सार्वजनिक गरेको छ। जसमा क्लबलाई एक वर्षमा नै ९७ मिलियन युरो घाटा लागेको बताइएको छ। क्लबले कोरोना माहामारीका कारण ठूलो लागेको बताएको छ।

यदि कोरोनाका कारण फुटबल बजार संकटमा नपरेको भए २ मिलियन युरो नाफामा हुने बार्सिलोनाले जनाएको छ। माहामारी हुँदा र माहामारी नभएको भए के हुन्थ्यो भन्ने दुवै तरिकाले क्लबले हिसाब सार्वजनिक गरेको हो।

‘बार्सिलोनामा मात्र होइन कोराना माहामारीका कारण खेलकुद जगत नै समस्यामा छ। आयमा भएको ठूलो कमिका कारण क्लब घाटामा देखिएको छ। लामो समय खेलकुद रोकिएर सुरु हुँदा पनि दर्शक उपस्थित हुन नपाउँदा संकट अझ बढेको हो’ बार्सिलोनाले विज्ञप्तीमार्फत भनेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE