गाउँमै गाँउघर क्लिनिक भवन बने पछि, खोप लगाउनकै लागि घण्टौं हिड्नुपर्ने बाध्यता हट्यो

हरिकृष्ण ऐडि , मुगु । जिल्लाको सोरु–८ रुम गाउँका स्थानीयलाई खोप लगाउनकै लागि घण्टौं हिड्नुपर्ने बाध्यता हटेको छ।

बालबालिका र गर्भवतीलाई खोप देखि सामान्य उपचारको तीन घण्टा भन्दा बढी भिर र झाडी जंगलको बाटो पैदल यात्रा गरेर स्वास्थ्य चौकी जानुपर्ने बाध्यतालाई एक गैरसरकारी संस्थाको सहयोगमा गाउँमै गाँउघर क्लिनिक भवन बने पछि समस्या समाधान भएको हो।

मुगु सदरमुकाम गम्गढीकोे पश्चिमी भेगमा पर्ने रुम गाउँमा बालबालिका गर्भवती महिला र अन्य प्रथामिक उपचारमा सहजै सेवा लिनको लागि स्थानीयलाई गुड नेवर्स ईन्टरनेशनल मुगु को आर्थिक सहयोग र प्राबिधिक सहयोगमा र कर्णाली गरिबी न्यूनिकरण तथा विकास मञ्चको सामाजिक सहजिकरणमा २ कोठे गाउँ घर क्लिनिक भवन निर्माण भएको हो।

स्वास्थ्य उपकरणका सामग्री लगायत अन्य कार्यालय ब्यावस्थापनका लागि कुर्सी, टेवल जस्ता सामाग्रीहरु र १ वटा शौचालयको काम सम्पन्न गरि हस्तान्त्रण समेत भएको छ।

हस्तान्तरण र सार्वजनिक सुनवाइ कार्यक्रम आयोजना राखि गुड नेवर्स ईन्टरनेशनल मुगका जिल्ला संयोजक ख्यामराज लामिछाने र कर्णाली गरिबी न्यूनिकरण तथा विकास मञ्चका अध्यक्ष शिबशम्भु मल्लले संयुक्त रुपमा रुम गाउँ वडा नं ८ वडा अध्यक्ष जनक रावललाई हस्तान्त्रण गरे। हस्तान्त्रण कार्यक्रममा गाउँका बुद्धिजीवी , समाजसेवी , जानमानसहरु सबैको उपस्थिति रहेको थियो।

जिल्ला संयोजक ख्यामराज लामिछानेले गुड नेवर्स ईन्टरनेशनल र सोरु गाउँ पालिका को आर्थिक सहयोगमा र समुदायको जनश्रमदानबाट कुल १७ लाख ४३ हजार ५ सय ३० रुपैयाँमा गाउँ घर क्लिनिक भवन निर्माण सम्पन्न भएको जानकारी दिए।

साथै उक्त बजेट को शीर्षक भित्र चेकजंचका उपकरण र गाउँ घर क्लिनिक को व्यावस्थापन का सामाग्री हरु पनि हस्तान्तरण गरिएको संयोजक लामिछाने बताए।

रुम गाउँका बालबालिकालाई र गर्भवती महिलालाई हिउँद र बर्खाको समयमा खोप लगाउन र जाँच गर्न जाँदा जंगलको वाटोमा बालबालिकाहरु बिरामी पर्ने र गर्भवती महिला बाटोमै सुत्केरी हुने गरेका घटनाहरुलाई कम गर्न गाउँघर क्लिनिक निर्माण गरिएको वडा अध्यक्ष रावलले जानकारी दिए।

उनका अनुसार गाउँघर क्लिनिक यहि महिना भित्र संनचालनमा ल्याउने गरि कर्मचारीको व्यवस्थापन गर्न समन्वय गरिरहेको रावलले बताए।

स्थानीय देवी कामीले बालबालिकालाई खोप लगाउन जाँदा तीन घण्टा टाढाको डरलाग्दो लामो यात्रागर्दा सहज र समयको समेत बचत हुने बताइन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE