गापा अध्यक्षले नै गरे कोरोनाको भ्रामक प्रचार र लकडाउनको उलंघन, के अब कारवाही होला त ?

चितवनको इच्छाकामना गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले लकडाउनको समयमा सार्वजनिक स्थलमा बृहत छलफल कार्यक्रम आयोजना गरि लकडाउनको उलंघन गर्नुभएको छ । बुधबार दिउँसो मुग्लिन हाइवे हस्पिटल प्रांगणमा ठूलो समुह जम्मा गरि कार्यक्रम गरिएको हो । उक्त कार्यक्रमको फेसबुकबाट प्रत्यक्ष प्रशारण समेत गरिएको थियो । कार्यक्रमको उदेश्य भनेको लकडाउनलाई कसरी प्रभावकारी बनाउने र स्थानीय व्यक्तिको बारेमा के भन्ने रहेको थियो । छलफलमा सामाजिक दुरी कायम गरिएको थिएन। उपस्थित समुदायमा केहीले मात्र माक्स प्रयोग गरेपनि त्यो सर्जिकल माक्स भने थिएन ।
कोभिड १९ कोरोना भाइरसको प्रकोप फैलिए सङै अहिले विश्व भर संत्रास फैलिएको छ। कोरना भाइरस सम्बन्धी अफवाह फैलाउने वा गलत सुचना प्रचार प्रसार गर्नेलाइ प्रहरिले कानुनी कार्वाही गरि रहेको छ। तर गाउँपालिका अध्यक्ष गुरुङले सामाजिक संजाल मार्फत आफै अफवाह फैलाउन तिर लागेकी छिन् । चितवनको रत्ननगर नगरपालिकाको गुन्जमान हस्पिटलमा गरिएको र्‍यापिड टेस्ट पोजिटिभ देखिएको घटनालाइ अध्यक्ष गुरुङले चितवनमा पनि कोरोना पोजिटिभ देखियो भनेर अफवाह फैलाए पछि उनी सङ जोडिएको सामाजिक संजाल प्रयोग कर्ता र स्थानीय आतंकित भएका थिए। अन्ततः र्‍यापिड टेस्टमा पोजिटिभ देखिएको ब्यक्तिको थ्रोट स्वाब टेस्ट नेगेटिभ आएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE