गोरखामा कोरोना संक्रमितको सङ्ख्या १० पुग्यो

गोरखामा एकै दिन १० जनामा कोरोना संक्रमण भेटिएको छ ।

एकै दिन १० जनामा कोरोना संक्रमित फेला परेका छन् । गोरखाको गण्डकी गण्डकी गाँउपालिकाका २५, ३२, २०, ४३, ३०, २०, २१, २३ र २१ गरी ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा गण्डकी गाँपालिकाको भिमोदय आधारभुत बिध्यालय र रत्नेश्वर माबि दर्वुङको क्वारेन्टिनमा रहेको ४/४ जना र ज्ञानमार्ग माविको क्वारेन्टिनमा रहेको १ जनामा पोजेटिभ देखिएको हो

गोरखा जिल्लाकै पालुङटार नगरपालिकाका एक १७ वर्षीय युवकमासमेत कोरोना भाइरस पुष्टि भएको कुरा सामाजिक बिकास मन्त्रालय , स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोद बिन्दु शर्माले जानाकारी दिएका हुन ।

योसँगै गण्डकी प्रदेशमा कोरोना पोजेटिभको संख्या १ सय १३ पुगेको छ । त्यसमध्ये बागलुङका २ र लमजुङका १ जना गरी ३ जना निको भई घर फर्किसकेका छन् । गण्डकी प्रदेशका मनाङ र मुस्ताङबाहेक सबै जिल्लामा कोरोना भाइरस देखिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE