गोल्डेन ब्वाइ अवार्डको शीर्ष ४० खेलाडीको मनोनयन सुची सार्वजनिक….

इटालियन संचारमाध्यम टुट्टोस्पोर्टले वर्षेनी प्रदान गर्दै आएको ‘गोल्डेन ब्वाई अवार्ड’ विश्व फुटबलमा प्रतिष्ठित अवार्डमा गनिन्छ । यस अवार्डका लागि युरोपका प्रतिष्ठित संचार माध्यमका पत्रकारहरुले मतदान गर्दै आएका छन् । सन् २००३ देखि सुरु भएको यस अवार्ड युरोपमा खेल्ने उत्कृष्ट युवा खेलाडीलाई प्रदान गरिंदै आएको छ । बुधबार यस संस्करणको अवार्ड पाउन सक्ने ४० खेलाडीको मनोनयन सुची सार्वजनिक गरिएको छ ।
यसअघि १ सय खेलाडीको नामावली सार्वजनिक गरेर ६० जनामा संख्या झारिएको थियो । अब क्रमश: मनोनयनमा परेका खेलाडी संख्या घटाउँदै लगेर विजेता घोषित गरिनेछ । यस अवार्ड जित्ने खेलाडी भविष्यमा स्टार खेलाडीका रुपमा अगाडी बढ्ने इतिहासले पनि बताउँछ । १७ वर्षअघि पहिलो पटक नेदरल्याण्डका राफेल भान डर भार्टले यो अवार्ड जितेका थिए । त्यसपछि वायन रोनी, लिओनेल मेस्सी, सेस फाब्रिगास, सर्जियो अगुएरोले पनि यो उपाधि जिते । पछिल्लो समय पल पोग्बा, रहिम स्टर्लिङ, किलियन एमबाप्पे, म्याथिस डी लिग्ट लगायतले यो उपाधि जितेका छन् । यस उपाधिको मनोनयनमा पर्न १ जनवरी २००० पछि जन्मिएका खेलाडी मात्र समावेश हुनेछन् ।
खेलाडी सुची :
मार्ले आके (मार्से)
मार्कोस एन्टोनियो (शाख्तार)
आदील आउचिचे (सेन्ट एटिएन)
जेडन सान्चो (बोरुसिया डर्टमुन्ड)
बेनोइ बदियाशीले (मोनाको)
मिचेल बेकर (पीएसजी)
माइरन बोआडु (अल्कमार)
डेनिस बोर्कोस्की (आरबी लाइप्जिग)
एडुआर्डो कामाभिंगा (रेनेस)
मार्को कार्नेसेची (एटलान्टा)
रायन चेर्की (लियोन)
जोनाथन डेविड (लिल)
अल्फोन्सो डेभिस ( बायर्न म्युनिख)
सर्जिनो डेस्ट (आयाक्स)
सबास्टियन एस्पोजिटो (इन्टर मिलान)
फाबियो सिल्भा (वल्भ्स)
अन्सु फाती (बार्सिलोना)
फिल फोडेन (म्यानचेस्टर सिटी)
अमिन गोउइरी (निस)
रायन ग्राभेनबर्च (आयाक्स)
मेसन ग्रिनवुड (म्यानचेस्टर युनाइटेड)
एर्लीङ हालान्ड (बोरुसिया डर्टमुन्ड)
क्यालम हड्सन ओडोइ (चेल्सी)
मोहमद इहात्तरेन (पीएसभी)
ओजान काबाक (साल्के)
मिकाल कर्बोनिक (लेजिया वार्सा)
डेजान कुलुसेभ्सकी (युभेन्टस)
टांगी निआन्जौ (बायर्न म्युनिख)
राफाएल कमाचो (स्पोर्टिङ लिस्बन)
रोड्रीगो गोएस (रियल म्याड्रिड)
बुकायो साका (आर्सनल)
भ्लाडीस्लाभ सुप्रिआगा (डाइनामो किएभ)
डोमिनिक जोबोस्लाई (साल्ज्बर्ग)
टोमस स्टिभ्स (पोर्टो)
टोमस टाभारेस (बेन्फिका)
सान्ड्रो टोनाली (एसी मिलान)
फेरान टोरेस (म्यान्चेस्टर सिटी)
क्रिस्टोस जोलिस (सालोनिका)
भिनिसियस जुनिअर (रियल म्याड्रिड)
नेको विलियम्स (लिभरपुल)
WRITE COMMENTS FOR THIS ARTICLE