प्रिमियर लिग: घरेलु मैदानमै वुल्भ्ससँग लिड्स युनाइटेड पराजित

प्रिमियर लिग फुटबलमा वुल्भ्स विजयी भएको छ । सोमबार राति लिड्स युनाइटेडको घरेलु मैदानमा भएको खेलमा वुल्भ्स १–० गोलले विजयी भएको हो । पहिलो हाफ गोलरहित बारबरीमा सकिएको खेलको दोस्रो हाफमा वुल्भ्सले गोल गर्दै लिड्सविरुद्ध साँघुरो जित निकालेको हो । पाहुना टोली वुल्भ्सको जितका लागि खेलको एक मात्र निर्णायक गोल राउल जिमेनेजले गरेका थिए ।

खेलको ७० औं मिनेटमा म्याक्स किलमनको पासमा जिमेनेजले गोल गर्दै पाहुना टोली वुल्भ्सलाई जित दिलाएका हुन् । यसअघि खेलको ५४ औं मिनेटमा रोमैन सइसले गोल गरेका थिए । उनले प्रहार गरेको सशक्त प्रहार लिड्सका मिडफिल्डर काल्भिन फिलिप्सले क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा गोल भएको थियो । तर, रेफ्रीले भीआरको सहायताबाट अफआइड दिएपछि गोलले मान्यता पाएन । सइसको गोलले मान्यता नपाएपछि वुल्भ्स खेलमा अग्रता लिनबाट चुकेको थियो ।

 

WRITE COMMENTS FOR THIS ARTICLE