घरेलु मैदानमा लिभरपुलको पाँचौ हार,चेल्सीसँग १–० गोलले पराजित…

प्रिमियर लिग फुटबल अन्तर्गत साविक विजेता लिभरपुललाई चेल्सीले उसकै मैदानमा पराजित गरेको छ ।गएराति भएको खेलमा चेल्सीले लिभरपुललाई उसैको मैदानमा १–० गोल अन्तरले पराजित गरेको हो । एनफिल्डमा चेल्सीलाई जित दिलाउन मासन माउन्टले निर्णायक गोल गरे ।

चेल्सीका लागि खेलको ४२औँ मिनेटमा माउन्टले निर्णायक गोल गरेका हुन् । उनले कान्टेको पासमार्फत आकर्षक गोल गरे । जितसँगै चेल्सी लिगको चौथो स्थानमा उक्लिएको छ । जारी सिजनमा चेल्सीले २७ खेलमा ४७ अंक जोडेको छ । साविक विजेता लिभरपुल जारी सिजनमा ४३ अंक जोडेर सातौँ स्थानमा रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE