घर फर्किनेको लर्को : अनिश्चित लकडाउन (फोटो फिचर)

हरेक दिन सयौं सर्वसाधारण नागढुंगा नाका हुँदै बाहिरिदै छन् । काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा मजदूरी गर्ने उनीहरू नागढुंगा र खानीखोलासम्म पैदलै हिँडेर पुग्ने गरेका छन् । सरकारले चौथोपटक लकडाउनको अवधि बढाएर वैशाख १५ सम्म पुर्‍याएको छ ।

रातिको समयमा बाटोमा अलपत्रलाई काठमाडौंबाट फर्केका ट्रकले उनीहरूको ठेगानसम्म लैजाने गरेका छन् । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको बन्दाबन्दी (लकडाउन)को अवधि लम्बिएपछि काठमाडौं छाड्नेको लर्को लाग्न थालेको छ ।
सरकारले लकडाउनको समयमा सर्वसाधारणलाई आवतजावतमा रोक लगाएको छ पनि मजदुरहरू भने झण्डै एक महिना काम गर्न नपाउँदा खाने कुरा सकिएकाले हिँड्न बाध्य भएको बताउँछन् ।

सर्वसाधरणलाई घर फर्काउन कलंकी भने प्रहरी आफैं खटिएको छ । ‘दिउँसो मात्र २ सय जना भन्दा बढीलाई खाजा र पानी वितरण गर्‍यौं, साँझ परेपछि काठमाडौं बाहिरिनेको लर्को झन् बढेको छ,’ प्रहरीले हिमाल दर्पणसँग भने ।

हामी केही व्यक्तिहरु सँग कुरा गर्दै थियौं जनासँग कुरा गर्दागर्दै कलंकीमा एउटा ट्रक रोकियो । उनले आफू नेपालगञ्जसम्म जाने बताए पछि, एक हुल मानिसहरु ट्रकमा उक्लिए ।

लु२ख ९७० नम्बरका चालक उमेश यादव गाडीमा मान्छे मिलाएर राख्‍न तल्लीन थिए । प्रहरीले अलपत्र पैदल यात्रुलाई लैजान गरेको आग्रह उनले सहजै स्वीकार गरेका थिए । ‘पैसा हुनेले भाडा दिए लिनु नत्र पैसा नहुनेसँग नलिनु भन्ने’, प्रहरीको आग्रहलाई उनले टाल्न सकेनन् ।
कलंकी चोकमा बिगत एक दशक देखि किराना पसल चलाइराखेका नविन कुमार श्रेष्ठ हरेक दिन यसै गरी घर जानेलाई आफूले सकेको खानेकुरा बाँडिराख्‍नु भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE