चद्रागिरीमा मृत चितुवा फेला

बन कार्यालय काठमाडाैं अन्तरगत पर्ने केउरानी सामुदायीक बन हाता भित्रको सिमाधारा माथि जंगलमा एक वयस्क चितुवा मृत अवस्थामा फेला परेको छ । चन्द्रागिरी नगरपालिकाको जंगलमा चितुवा मृत अवस्थामा फेला परेको केउरानी सामुदायिक वनका सचिवले जानकारी दिएका छन् ।

चितुवा सडेको अवस्थामा रहेकोले दश बार्ह्र दिन अगाडी नै मरेको हुनसक्ने अनुमान गरीएको छ । स्थानियले मृत चितुवालाई देखेपछि बन समितिका सदस्यलाई खबर गरेका हुन् । प्रहरीले वन कार्यालयको मान्छेलाई खवर गरेको र शव परिक्षणपश्चात मात्रै चितुवा कसरी मरेको भन्ने थाहा हुने बताईएको छ । मृत चितुवालाई बन समितिका पदाधिकारी, पार्टिका स्थानिय जनप्रतिनीधि र स्थानिय बासिन्दाको रोहबरमा खाल्डो खनी गाडिएको छ ।

चितुवा मृत भट्टिएको बारे थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE