चन्द्रागिरी र नागार्जुनमा चाइना फाउन्डेसनको राहत वितरण

प्रदेश नम्वर ३ का सांसद केशव पोखरेलको पहलकदमीमा चन्द्रागिरी र नागार्जुन नगरपालिकामा रहेका विद्यालयमा अध्ययनरत विद्याथीहरुलाई सहयोग स्वरुप खाद्य सामग्री प्रदान गरिएको छ । फर पोभर्टी एलिभेसन,अलिवावा फिल्यान्ड ट्रफीको आर्थिक सहयोगमा र राष्ट्रिय अपाङग तथा पुन स्थापना समाजका अगुवाईमा २ हजार ३ सय ८३ जना विद्याथीहरुलाई खाद्य सामग्री प्रदान गरिएको चाईना फाउण्डेसनकी कन्ट्री डाईरेक्टर जाउँ छिसियानले बताईन् ।

कोरोना भाइरस कोभिड १९ का कारण खाद्य समस्यामा परेका विद्यार्थीहरुलाई चाईना फाउण्डेसनले सहयोग गरेको हो ।

बागमती प्रदेश सांसद केशव पोखरेलले चन्द्रागिरीका पाँच ओटा विद्यालय मध्ये श्री कृष्ण माध्यमिक विद्यालायका १ सय ९५ विद्यार्थी,श्री विष्णु देवि माध्यमिक विद्यालाय, श्री मंगल मावि माध्यमिक विद्यालाय नैकाप १४ विद्या मन्द्रिर माध्यमिक विद्यालय ,बलम्वु माध्यमिक विद्यालाय का १ हजार २ सय ४७ जना र नागार्जुन नगरपालिका स्थित जनउधार माध्यमिक विद्यालय ६५ जना रहेका छन् ।

त्यस्तै अमरज्योति माध्यमिक विद्यालय ३ सय ६५ ,रत्न राज्य माध्यमिक विद्यालाय ,१ सय ७८ सिताराम माध्यमिक विद्यालाय २००, मजुवा माध्यमिक विद्यालय ४७ ,बालबोध माध्यमिक विद्यालय ४७, सरस्वती आधारभूत्त विद्यालय ३४ जना विद्यार्थीहरुलाई खाद्य सामग्री हस्तान्तरण गरिएको बताए ।

चाइना फाउण्डेसनले प्रति विद्यार्थी एक बोरा चामाल, पाँच किलो किलो दाल र तीन लिटर तेल वितरण गरेको चन्द्रागिरी नगरपालिका दहचोक १ का वडा अध्यक्ष राजेन्द्र केसीले बताए । साथै उक्त फाउन्डेसनले विद्यार्थीलाई खानेपानी सहजीकरण गर्न पानी ट्यान्की पनि प्रदान गरेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE