चर्चित गिटारिस्ट एडी भ्यान हेलेनको निधन…

चर्चित गिटारिस्ट एडी भ्यान हेलेनको निधन भएको छ। ६५ वर्षीय हेलेन रक ब्यान्ड ‘भ्यान हेलेन’ का लिड गिटारिस्ट थिए। क्यानसरका कारण उनको मृत्यु भएको बताइएको छ। उनको मृत्युको पुष्टि उनका छोरा उल्फ भ्यान हेलेनले गरेका हुन्।

सन् १९७० र ८० को दशकको एडीले सांगीतिक क्षेत्रमा सफलता हासिल गरेका थिए। डान्स द नाइट वे, पानामा, हट अफ टिचर लगायतका उनको गीत निकै चर्चित थिए। सन् २००७ मा उनको नाम रक एन्ड रोल हल अफ फेममा संलग्न लगाइएको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE