चर्चित व्याट्सम्यान जेम्स भिन्सलाई कोरोना सङ्क्रमण…

इङ्ल्याण्डका चर्चित व्याट्सम्यान जेम्स भिन्स पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सङ्क्रमित भएपछि आगामी पाकिस्तान सुपर लिगमा उनको सहभागिता हुने कि नहुने भन्ने बारेमा अनिश्चित भएको छ ।

उनलाई अहिले कुनै लक्षण नदेखिएको र चाडै नै फेरि परीक्षण गर्ने तयारी भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । अहिलेलाई भने व्याट्सम्यान भिन्सलाई कम्तीमा दश दिन सेल्फ आइसोलेसनमा बस्नुपर्ने बाध्यता आइपरेको छ । सङ्क्रमण पुष्टि भएको दिन देखि नै उनी सेल्फ आइसोलेसनमा बसेका हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE