चलचित्र ‘छ माया छपक्कै’ युट्युबमा सार्वजनिक…

चलचित्र ‘छ माया छपक्कै’ युट्युबमा सार्वजनिक भएको छ। चलचित्रकर्मी दीपकराज गिरीले फेसबुकमा यसबारे जानकारी दिएका छन्। उनले लेखेका छन्, ‘हाम्रो पछिल्लो चलचित्र छ माया छपक्कै पनि युट्युबमा आएको छ। यो राजनीतिक कथावस्तुमा आधारित चलचित्रलाई तपाईँहरुले धेरै माया दिनु भएको छ। धेरै दर्शकले यो चलचित्रलाई हलमा, चलचित्र एपमा, डिस होममा हेरेर माया गर्नुभयो। आजदेखि एचडी क्वालिटीसहित युट्युबमा आएको छ। हेरेर प्रतिक्रिया पाउँ, शुभदिन’

चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, केदारप्रसाद घिमिरे, जितु नेपाल, सुपुस्पा भट्ट, प्रकाश घिमिरे लगायतका कलाकारको भूमिका रहेको छ। यो चलचित्रमा रोहित अधिकारीले लगानी गरेका हुन्। यो चलचित्रको कथावस्तु लेखन र निर्देशन दिपेन्द्र लामाले गरेका हुन्। चलचित्रको संवाद दीपकराज गिरी, केदार प्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यू निरविले लेखेका हुन्।

यो समूहको निर्माणमा बनेको चलचित्र छक्का पञ्जा-३ झण्डै एक महिना अगाडि मात्र युट्यसबमा आएको थियाे।

WRITE COMMENTS FOR THIS ARTICLE