चलचित्र ‘जर्सी’ का लागि शाहिदले ८ करोड पारिश्रमिक कटौती गर्ने…

कोरोना महामारीले चलचित्र क्षेत्रमा पर्न जाने असरलाई मध्यनजर गर्दै थुप्रै बलिउड कलाकारले लकडाउनपछि छायांकनमा जाँदा पारिश्रमिक कटौतीका लागि तयार भएको बताएका थिए । यस्तैमा अभिनेता शाहिद कपूरले भने आफ्नो आउन लागेको चलचित्र ‘जर्सी’ का लागि पूरै आठ करोड पारिश्रमिक कटौती गरेका छन् । शाहिदले आफ्नो पारिश्रमिकमा कटौती गरी निर्माताहरुमा पर्न जाने असर केही मात्रामा कम गर्न अगाडि बढेका हुन् ।

पिंकभिलाको समाचारलाई आधार बनाएर नवभारत टाइम्सले यो खबर सार्वजनिक गरेको हो । खबरअनुसार शाहिदले ‘जर्सी’ दुई सर्तमा साइन गरेका थिए । जसमध्ये पहिलो, उनले यो चलचित्र ३३ करोड भारतीय रुपैयाँमा साइन गरेका थिए । भने दोस्रो भनेको चलचित्रको नाफामा शाहिदको पनि हिस्सा हुने ।

शाहिदको यी दुई मागमा सहमत भएर निर्माण कम्पनीले चलचित्रको छायांकन पनि सुरु गरिसकेका थिए । तर कोरोना महामारीबीच चलचित्रको छायांकन पनि रोकियो । अन्तत: छायांकन पुनः सुरु भएसँगै निर्माताको पारिश्रमिक कम गर्न गरिएको अनुरोधलाई स्वीकार्दै शाहिदले ८ करोड पारिश्रमिक कटौतीका लागि तयार भएका हुन् । ३३ करोडमा चलचित्र साइन गरे पनि अब शाहिदले ‘जर्सी’ बाट २५ करोड मात्रै पारिश्रमिक पाउनेछन् । तर अझै पनि चलचित्रको नाफामा भने शाहिदको पनि हिस्सा यथावत् नै रहनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE