चिनको आइसक्रिम फ्याक्ट्रीमा कोरोना भाइरस देखियो, १६ सय कर्मचारीको कोरोना परीक्षण गरिने

कोरोना भाइरस ‘कोभिड १९’विरुद्धको खोप यतिबेला विश्वका विभिन्न देशमा लगाउन सुरु गरिएको छ।

यसबीचमा चीनको तियानजिनस्थित तियानजिन दाकियाओदाओ फुड कम्पनीको आइसक्रिम फ्याक्ट्रीमा कोरोना भाइरस देखिएको छ।

कम्पनीको आइसक्रिमको नमूनामा जीवित कोरोना भाइरस देखिएपछि २ हजार ८९ वटा कार्टुनमा राखिएको आइसक्रिम नष्ट गरिएको छ।

हिन्दुस्तान टाइम्सका अनुसार उक्त कम्पनीका १६ सय कर्मचारीको कोरोना परीक्षण गरिएको छ भने हालसम्म ७ सय जनाको रिपोर्ट नेगेटिभ आएको छ।

खबरका अनुसार उक्त कम्पनीबाट ४ सय कार्टुन आइसक्रिम बजारमा विक्रिका लागि पठाइएको छ। यसकारण त्यहाँ कोरोना संक्रमित तीव्र गतिमा बढ्ने अनुमान गरिएको छ।

अनुसन्धानका क्रममा आइसक्रिम बनाउन न्युजिल्यान्डबाट पाउडर ल्याउने गरिएको रहेछ।

कोरोना उक्त आइक्रिम फ्याक्ट्रिमा कसरी पुग्यो भनेर अनुसन्धान जारी छ।

WRITE COMMENTS FOR THIS ARTICLE