चिनियाँ राष्ट्रपतिलाई नेपालमा स्वागत छ [ फोटो फिचर ]

चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि काठमाडौंलाई सजाइएको छ । राष्ट्रपति सी दुई दिने नेपाल भ्रमणका क्रममा शनिबार अपराह्न काठमाडौं आइपुग्नेछन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले स्वागत गर्नेछन् ।

त्यहाँबाट सी सोल्टी होटलमा जानेछन् । विमानस्थलबाट होटलसम्म जाने सडक कालोपत्रे गरिएको छ, विद्युतको पोलपोलमा दुवै देशका राष्ट्रपतिको तस्वीरहरु टाँगिएको छ ।

सडकहरुमा स्वागतद्वारहरु बनाइएको छ । सडकका मेडियन तथा पेटीहरुमा गमला राखिएको छ ।

चिनियाँ राष्ट्रपतिको स्वागतमा तयार सोल्टीमोड चोक
चिनियाँ राष्ट्रपतिको स्वागतमा तयार सोल्टीमोड चोक
बाटो सफा गर्दै ब्रुमर, कालिमाटी चोक
चिनियाँ राष्ट्रपतिको स्वागतमा राखिएको बोर्ड, बिजुलीबजार पुल
चिनियाँ राष्ट्रपतिको स्वागतमा राखिएको बोर्ड, बिजुलीबजार पुल
चिनियाँ राष्ट्रपतिको स्वागतमा राखिएको गमला, थापाथली चोक
चिनियाँ राष्ट्रपतिको स्वागत, माइतीघर
चिनियाँ राष्ट्रपतिको स्वागत, बबरमहल
चिनियाँ राष्ट्रपतिको स्वागत, तिनकुने चोक
चिनियाँ राष्ट्रपतिको स्वागत, तिनकुने चोक
चिनियाँ राष्ट्रपतिको स्वागतमा राखिएको गमला, एयरपोट गेट

 

WRITE COMMENTS FOR THIS ARTICLE