चीनका राष्ट्रपति सी चिनफिङ राष्ट्रपति निवास शीतल निवासमा [ फोटो फिचर ]

काठमाडौँ, २५ असोज 

राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका चिनियाँ समकक्षी सी चिनफिङबीच द्विपक्षीय वार्ता प्रारम्भ भएको छ । राष्ट्रपति भवन शीतल निवासमा जारी भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध पक्षमा विचारविमर्श भइरहेको छ । राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी आज अपराह्न नेपालको दुईदिवसीय राजकीय भ्रमणमा यहाँ आइपुग्नुभएको हो ।

चीनका राष्ट्रपति सी चिनफिङ राष्ट्रपति निवास शीतल निवासमा आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुहुँदै ।
चीनका राष्ट्रपति सी चिनफिङलाई राष्ट्रपति निवास शीतल निवासमा शनिबार साँझ स्वागत गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी ।
चीनका राष्ट्रपति सी चिनफिङ र राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार साँझ शीतल निवासमा द्विपक्षीय वार्तामा सरिक हुनुहुँदै ।
चीनका राष्ट्रपति सी चिनफिङ र राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार साँझ शीतल निवासमा द्विपक्षीय वार्तामा सरिक हुनुहुँदै ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ शनिबार साँझ शीतल निवासमा द्विपक्षीय वार्ताका क्रममा सम्बोधन हुनुहुँदै ।
राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार साँझ शीतल निवासमा द्विपक्षीय वार्ताका क्रममा सम्बोधन हुनुहुँदै ।

(रासस)

WRITE COMMENTS FOR THIS ARTICLE