चैत ६ देखि ‘द भ्वाइस अफ नेपाल’को तेस्रो सिजन प्रसारण हुने…

‘द भ्वाइस अफ नेपाल’को तेस्रो सिजन चैत्र ६ गतेदेखि प्रसारण हुने भएको छ । साताको दुई दिन शुक्रबार र शनिबार राती ८ बजेदेखि प्रसारण हुने कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए । ‘द भ्वाइस अफ नेपाल’को यो सिजनमा अघिल्लो सिजनकी कोच आस्था राउत देखिने छैनन् । आस्थाको ठाउँमा गायिका तृष्णा गुरुङ देखिने छन् । पहिलो सिजनकी कोच अभया सुब्बालाई पनि दोस्रो सिजनबाट आउट गरिएको थियो ।

तृष्णाबाहेक अन्य कोचहरु दोस्रो सिजनकै देखिने छन् । गायक दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा अन्य ३ जना कोचको रुपमा अघिल्लो सिजनबाट थिए । राजु लामाले यो शो मा दोस्रो सिजनबाट प्रवेश गरेका हुन् । राजुको ठाउँमा पहिलो सिजनमा गायक सनुप पौडेल थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE