चैत ७ गतेबाट बन्द सिनेमा हलमा आज पहिलोपटक नयाँ नेपाली चलचित्र रिलिज…

चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ आज रिलिज भएको छ । दिपेश सापकोटाले निर्देशन रहेको चलचित्र आजबाट प्रदर्शनमा आएको हो । गतै चैत ७ गतेबाट सिनेमा हल बन्द भएपछि आज पहिलोपटक नयाँ नेपाली चलचित्र रिलिज भएको हो । पुस १० गते दुई नेपाली चलचित्र रिलिज भए पनि ती दुबै चलचित्र पुराना थिए ।

सरकारले सिनेमा हल खोल्ने निर्णय गरेसँगै शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्र आजबाट प्रदर्शनमा आएको हो । पीजी सर्टिफिकेट पाएको यो चलचित्र १६ बर्ष भन्दा तलका बालबालिकाले अभिभावको साथमा हल जानुपर्नेछ । ‘एउटा यस्तो प्रेम कहानी’ मा शिव श्रेष्ठ, प्रियंका कार्की, वर्षा राउत, संजोग कोइराला, आयुष्मान देशराज जोशी, कविता मानन्धर, शक्ति श्रेष्ठ लगायत कलाकारको अभिनय छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE