चोटका कारण जोर्डन हेन्डर्सन अप्रिलसम्म मैदान बाहिर…

लिभरपुलका  जोर्डन हेन्डर्सन आगामी अप्रिलसम्म मैदान बाहिर रहने भएका छन्। चोटका कारण उनी खेल्न नसक्ने भएका हुन्। इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत एभर्टनविरुद्ध भएको खेलमा उनी घाइते भएका थिए। ३० वर्षीय मिडफिल्डर हेन्डर्सनलाई ‘ग्रोइन इन्जुरी’ भएको जनाइएको छ।

यो सिजन लिभरपुलका महत्वपूर्ण खेलाडी चोटका कारण मैदान बाहिर छन्। भर्जिल भान डिज्क, जोएल माटिप, जोए गोमेज र फाविन्हो हाल खेलिरहेका छैनन्। हेन्डर्सनले इङ्ल्यान्डले युरो कप छनोटअन्तर्गत इङ्ल्यान्डले खेल्ने सान मारिनो, अल्बानिया र पोल्यान्डविरुद्धको खेल पनि गुमाउने छन्।

 

WRITE COMMENTS FOR THIS ARTICLE