चोटका कारण साम्बाले लिगको बाँकी खेल गुमाउने…

राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टोली एपीएफलाई उपाधि नजिक पुर्‍याएकी स्ट्राइकर सावित्रा भण्डारीले लिगको बाँकी खेल गुमाउने भएकी छिन् । लिग अन्तर्गत सोमबार नेपाल पुलिस विरुद्धको खेलमा सावित्रा घाइते भएकी थिइन् । ६९औं मिनेटमा पुलिसकी गोलकिपर उषा नाथसँग ठोक्किएपछि सावित्रा घाइते भएकी थिइन् । ‘बल हान्ने क्रममा ल्याण्डिङ नमिलेर उनको खुट्टामा चोट लागेको छ । उनको एमआरआई गरिएको छ । रिपोर्ट आएपछि मात्रै उनको चोट बारे थाहा हुनेछ ।

सावित्राले गोल गर्न नसके पनि प्रतिस्पर्धात्मक खेल २-१ ले जित्दै एपीएफ उपाधि नजिक पुगेको छ । सावित्राले १० खेलमा ४३ गोल गरिसकेकी छिन् । पुलिस विरुद्ध भने उनी घाइते हुँदै मैदान छाड्न बाध्य भइन् । उनकै स्थानमा मैदान प्रवेश गरेकी रविना गोलेले निर्णायक गोल गर्दै एपीएफलाई जित दिलाइन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE