च्यापियन्स लिग: सेभियासँग बराबरीमा रोकियो चेल्सी…

च्यापियन्स लिग अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा प्रिमियर क्लब चेल्सी स्पेनिस क्लब सेभियासँग बराबरीमा रोकिएको छ। चेल्सीको स्टाम्फडे ब्रिजमा सम्पन्न खेलमा दुवै टिमले गोलरहित बरबरी खेल्दै अंक बाँडेका हुन्। सेभिया ला लिगाको शीर्ष चारमा रहँदै च्याम्पियन्स लिग प्रवेश पाएको थियो भने उसले गत सिजनमा युरोपा लिगको उपाधिसमेत जितेको थियो।

यता प्रिमियर क्लबबाट उत्कृष्ट प्रदर्शन गरेको चेल्सीले लिगको नयाँ सिजनमा उत्साहजनक सुरुवात गर्न सकेको छैन। पहिलो खेलमै बराबरी भएपछि दुवै टिमको १–१ अंक छ। ग्रुप जीको पहिलो खेलमा दुवै टिमले पहिलो खेल खेलेका हुन्। सोही समूहको अर्को खेलमा पनि क्रस्नोडरले रेन्निससँग १–१ गोलको बराबरी खेलेको छ। क्रसनोडर रसियन टिम हो भने रेन्निस फ्रेन्च टिम हो।

WRITE COMMENTS FOR THIS ARTICLE