च्याम्पियनस लिग: इस्तानबुलमाथि पीएसजीको सहज जित…

फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले च्याम्पियनस लिग फुटबलमा सहज जित निकालेको छ । बुधबार राति स्तानबुल क्लबको घरेलु मैदानमा भएको खेलमा पीएसजीले २-० को सहज जित निकालेको हो । पीएसजीको जितका लागि दुवै गोल इटालियन युवा खेलाडी मोइसे केअनले गरेका थिए । उनले पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा गोल गरेका थिए ।

खेलको ६४औं मिनेटमा केअनले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । उनले अर्का युवा स्ट्राइकर केलियन एम्बाप्पेको पासमा गोल गर्दै पीएसजीलाई १-० को अग्रता दिलााए । त्यस्तै ७९औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरे । एम्बाप्पेको पासमै उनले दोस्रो गोल गर्दै पीएसजीलाई २-० को सहज जित दिलाएका हुन् ।

२० वर्षीय केअन यसै सिजन प्रिमियर लिग क्लब एभर्टनबाट लोनमा पीएसजी पुगेका थिए । उनले लिग वानका यस सिजनमा दुई खेलमा दुई गोल गरेका छन् । त्यस्तै पीएसजीका लागि सबैखाले चार खेल खेल्दा चार गोल गरेका छन् ।

यस जितसँगै समूह एचमा रहेको पीएसजीले पहिलो जित निकालेको छ । पहिलो खेलमा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडसँग पराजित भएको पीएसजीले दोस्रो खेलमा जित निकाल्दै तीन अंक जोडेको हो । समूहमा पहिलो जित निकालेको पीएसजी तीन अंकसहित दोस्रो स्थानमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE