च्याम्पियनस लिग: स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोविना डाइनामोसँग खेल्दै युभेन्टस…

पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोविना इटालियन सिरी ए क्लब युभेन्टस्‌ले च्याम्पियनस लिगको नयाँ सिजनको सुरुवात गर्ने भएको छ । कोरोना भाइरस संक्रमणका कारण रोनाल्डोले च्याम्पियन्स लिगको पहिलो खेल गुमाउने भएका हुन् । उनले यसअघि सिरी एमा फुटबलमा क्रोटोनेसँग १-१ को बराबरीमा रोकिएको खेल पनि गुमाएका थिए । युभेन्टस्‌ले च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो खेलमा युक्रेन टोली डाइनामोसँग खेल्दै छ । खेल डाइनामोको घरेलु मैदानमा नेपाली समयअनुसार राति १०:४० मा सुरु हुनेछ ।

समूह ‘जी’ मा रहेको युभेन्ट्स र डाइनामो दुवै क्लब च्याम्पियनस लिगमा सुखद सुरुवातको लक्ष्यसहित मैदानमा उत्रनेछन् । घरेलु लिगका पछिल्ला पाँच खेलमा दुवै टोली अपराजित छन् । त्यसैले पनि यो खेल निकै रोचक हुने अनुमान गरिएको छ ।
स्टार खेलाडी रोनाल्डोविना मैदान उत्रिने युभेन्टस्‌का लागि डाइनामो कार्लोस डे पेना, भिक्टोर टिजिनकोभ, भुटाली बुयालोस्कीलगायत खेलाडी महत्त्वपूर्ण हुनेछन् । यता युभेन्टस्‌का लागि भने अल्भारो मोराटा, पाउलो डिबाला, जुवान क्वाड्राडोलगायत खेलाडी मुख्य हतियार हुनेछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE