च्याम्पियन्स लिग:एट्लान्टालाई पराजित गर्दै रियल म्याड्रिड क्वार्टरफाइनलमा

च्याम्पियन्स लिग फुटबल अन्तर्गत एट्लान्टालाई पराजित गर्दै रियल म्याड्रिड क्वार्टरफाइनलमा प्रवेशगरेको छ । मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा एट्लान्टालाई ३-१ ले पराजित गर्दै समग्रमा ४-१ को जितसहित रियल अन्तिम आठमा पुगेको हो ।

पछिल्ला तीन सिजनमा रियल अन्तिम आठमा पुगेको यो पहिलोपल्ट हो । रियलकमे जितमा करिम बेन्जेमा, सर्जियो रामोस र मार्को एसेन्सोले एकएक गोल गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE